पर्वत बाढीमा बेपत्ता कास्कीका पौडेलको शव स्याङ्जाकाे मिर्मिमा भेटियो
पाेखरा | असोज १६, २०८०
पोखरा: मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा शनिबार साँझ एक्कासी आएको बाढीमा बेपत्ता भएका कास्कीको माधव पौडेललेको शव स्याङ्जामा भेटिएको छ ।
बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासीआएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए ।
बाढीमा बेपत्ता भएका कास्कीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका विजय भनिने माधव पौडेलको शव आज बिहान स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
‘कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा शव भेटिएको खवरपछि हामीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएका थियौं’, खनालले भने, ‘पर्वत प्रहरीले परिवारलाई खवर गरेको थियो,परिवारले शव भेटिएको स्थानमा नै आएर सनाखत गर्नुभएको छ, शव पोष्टमार्टमपछि परिवारलाई बुझाउँछौं ।’
मृत भेटिएका पौडेल पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकाय चौथो वर्षमा अध्ययनरत थिए ।
बाढीमा गाडीसहित बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्यालको शव भने सोही दिन फेला परेको थियो । बाढीमा बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका ३ हिलका डम्मरबहादुर थापा भने अझै अज्ञात छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी केशव केसीले घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले खोजी कार्य जारी राखेको बताए । घटनाको भोलि पल्ट बाढीले बगाएको गाडीको केही भाग सुरक्षाकर्मीको टोलीले फेला पारेको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

